मंगलबार, पुस ८, २०८२

सिराहा भन्सारको राजस्व संकलनमा कमी

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

सिराहा- जिल्लाको सिराहा नगरपालिका-१७ माडर खैरटोकास्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ। भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको हो।

National life

सिराहा भन्सारले कार्यालयले गत आर्थिक वर्षमा नौ करोड ४६ लाख आठ हजार र छोटी भन्सार कार्यालले ४६ लाख ५० हजार तीन सय ७४ गरी नौ करोड ९२ लाख ५८ हजार तीन सय ७४ राजस्व संकलन गरेको सिराहा भन्सार कार्यालय प्रमुख तोयानाथ सापकोटाले जानकारी दिए। कार्यालयले गत आवमा ११ करोड ९९ लाख ५५ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको थियो।

सापकोटाका अनुसार आव २०८०/८१ मा राजस्व चुहावट, चोरी पैठारी रोक्न नियमित भन्सार गस्तीबाट छ सय ११ मुद्दा चलाइ पाँच करोड ६८ लाख १३ हजार ३१ रूपैयाँ असुली भएको छ। तीमध्ये भन्सार गस्तीबाट ३३, सशस्त्र प्रहरीबाट चार सय ९० र जनपथ प्रहरीबाट ८८ मुद्दा दर्ता भइ सो रकम असुली भएको हो।

चालु आवमा १२ करोड १२ लाख ९२ रूपैयाँ राजस्व उठाउने लक्ष्य भन्सार कार्यालयले पाएको छ।

भन्सार कार्यालय प्रमुख सापकोटाले गत वर्षको राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताए। 'भारततर्फ जयनगर बजार जाने बाटो स्तरीय नरहेकाले ठूला गाडीमा व्यापारिक र औद्योगिक वस्तुको आयात नहुँदा पनि राजस्व असुलीमा असर परेको हो', उनले भने।

Laxmi sunrise bank
kumari

आव २०७९/८० मा १९ करोड ९५ लाख ४६ हजार राजस्व असुल गर्ने लक्ष्य लिएकामा नौ करोड ३६ लाख १० हजारमात्र संकलन भएको थियो। चोहरर्वा-सिराहा खण्ड विस्तार ढिलाइ हुँदा यस क्षेत्रको व्यपारमा असर परेको सापकोटाको बुझाइ छ। रासस

प्रकाशित: Jul 21, 2024| 08:46 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्