आइतबार, भदौ २३, २०८१

nespernesper

एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जिते मोटरसाइकल

 |  शुक्रबार, साउन ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ४, २०८१

झापाको झापा गाउँपालिका- ५, पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्रप्रसाद गणेशले बजाज डिस्कभर बाइक जितेका छन्।

triton college

खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरूलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले एनसेलले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजनाअन्तर्गत उनले बाइक जितेका हुन्।

आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धताअनुरूप कम्पनीले देशभरका खुद्रा बिक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्यले कार्यक्रम लागू गरेको थियो।

बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रम माझ कोशी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले गणेशलाई १२५ सीसीको उक्त मोटरसाइकल हस्तान्तरण गरे।

यस कार्यक्रममा सहभागी भएका खुद्रा बिक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए।

Metro Mart
vianet

यसरी आर्जन गरिएको प्वाइन्टहरूको आधारमा उनीहरूले ६५ इन्चसम्मका स्मार्ट टीभी, स्मार्ट फोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन्।

बम्पर उपहारका रूपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४ हजार ७५४ खुद्रा बिक्रेताहरू मोटरसाइकलका लागि योग्य थिए। जसमा गोला प्रथामार्फत नगेन्द्र छानिएका हुन्।

यस कार्यक्रमअन्तर्गत देशभरबाट १ हजार १०० जना खुद्रा बिक्रेताहरूले विभिन्न उपहार पाएका छन्। 

यो कार्यक्रमले खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाहरूको उपलब्धता सुनिश्चित गर्न र खुद्रा बिक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित रहेको थियो।

खुद्रा बिक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एप मार्फत पनि एनसेलका सेवाहरू बिक्री गर्न सक्छन्। 

एनसेलले आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्ने र उनीहरूको व्यावसायिक सफलतालाई सहयोग प्रदान गर्न कम्पनी समर्पित रहेको जनाएको छ।

साथै एनसेलले आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरिय सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूलाई सधैं अन रहन मद्दत गर्ने लक्ष्यका साथ कार्य गरिरहेको जनाएको छ।

आफ्ना ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न एनसेलले नयाँ योजना सधैं अनमार्फत आम उपभोक्ता र उद्यमी, व्यवसायीहरूलाई पहिलेभन्दा सुलभ शुल्कमा डेटा, भ्वाइस र एसएमएस बन्डल सेवा प्रदान गर्दै आएको छ।

अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरू पुनः लिँदा थपिएर आउने र बन्डल सेवाहरूका साथ निर्धक्क सेवा पाइने यो योजनाको मुख्य विशेषताहरु रहेका छन्।

प्रकाशित: Jul 19, 2024| 13:35 शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्