मंगलबार, पुस ८, २०८२

सुनको मूल्य दुई हजार घट्यो

 |  शुक्रबार, साउन ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ४, २०८१

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ।

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज एक लाख ४७ हजार पाँच सय रुपैयाँ मूल्य निर्धारण भएको छ।

यसैगरी बिहीबार प्रतितोला एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने एक लाख ४६ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ३० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: Jul 19, 2024| 12:15 शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्