शुक्रबार, जेठ १५, २०८३

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ। वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ।

National life

हालैमात्र बैंकको निक्षेप ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा ग्लोबल बैंक नेपालका बैंक तथा वित्तीय संस्थामध्य पहिलो नम्बरमा रहेको छ।

बैंकले ३५४ शाखा, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले विश्वका विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि प्रदान गर्दै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

 

Shivam cement

प्रकाशित: Jul 18, 2024| 16:11 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्