मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

काठमाडौं- माछापुच्छ्रे बैंकले ग्राहकलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यकासाथ नेपाली रुपैयाँ र अमेरिकन डलरमा ‘नियोन क्रेडिट कार्ड’को सुविधा सञ्चालनमा ल्याएको छ।

National life

आधुनिक जिवनशैलीमा ब्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने वर्गलाई लक्षित गर्दै संचालनमा ल्याइएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक रहेको बैंकले जनाएको छ।

नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले देशभरका ३५० भन्दा बढी मर्चेन्टमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासव्याक अफर प्राप्त गर्न सक्नेछन्। नियोनका माध्यमबाट ५ हजार वा सो बराबरको ट्याप एण्ड पे (क्यासलेस) कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

नियोन क्रेडिट कार्ड प्रयोगमार्फत विशेष छुट तथा क्यासव्याक अफर प्राप्त गर्न सकिने मर्चेन्ट तथा छुट सम्बन्धि विवरण बारे बैंकले वेभसाइट, सामाजिक सञ्जालमार्फत निरन्तर जानकारी दिने छ। नियोन क्रेडिट कार्डको पहिलो संस्करण सीमित अवधिको लागि ल्याइएको बैंकका नविनतम योजना हो।

यसअन्तर्गत सुपरमार्केट, होटेल, रेष्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधा उपलब्ध गराउने बैंकको योजना बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए। उनले नविन सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 18, 2024| 16:10 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्