मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेल वायर फ्री प्लस सेवामा छुट, अल्टिमा ग्याजेट निःशुल्क

एनसेल वायर फ्री प्लस सेवामा छुट, अल्टिमा ग्याजेट निःशुल्क

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

काठमाडौं- मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले हाल सञ्चालनमा रहेको ‘सधैं अन’ योजनामा आधारित वायर फ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ। अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्ने एनसेलले जनाएको छ।

National life

वायर फ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले बिनाझन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्छन्। विशेषगरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, ईसेवा, खल्ती, आइएमई पेको प्लेटफर्ममार्फत लिन सक्छन्।

यसैगरी अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्ने एनसेलले बताएको छ।अफरअन्तर्गत ग्राहकले वायर फ्री सेवाका लागि अर्धवार्षिक सदस्यता लिँदा ३५ प्रतिशत (२,०९५) र वार्षिक सदस्यतामा ४२ प्रतिशत (४,९८९ रुपैयाँ) छुट पाउँछन्।

६ महिनाका लागि सेवा लिँदा ग्राहकले ३,४९९ पर्ने अल्टिमाको एयरबड निःशुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा ५,९९९ मूल्य पर्ने अल्टिमाको स्मार्ट वाच निःशुल्क पाइन्छ। सेवाका लागि अर्धवार्षिक सदस्यताको शुल्क करसहित ३,८९९ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क ६,९९९ रुपैयाँ  छ।

यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि शुल्क पाउँछन्। योजनामा ग्राहकले २ वटा सिमकार्ड पाउँछन्। ग्राहकले मुख्य एक सिममा प्रत्येक महिना २५० जीबी डेटा पाउँछन् र यो डेटा भोल्युम सकिए ५१२ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिनाभरि लिन सकिन्छ। दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम र ५ जीबी पाउँछन्।

Laxmi sunrise bank
kumari

सधैं अन योजनाअन्तर्गत सुलभ दरमा पाइने यो वायरलेस इन्टरनेट सेवाले धेरैभन्दा धेरै मानिसलाई इन्टरनेटको पहुँचमा ल्याउने र ग्राहकलाई थप सहज हुने विश्वास एनसेलको छ।

 

प्रकाशित: Jul 18, 2024| 16:10 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्