आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकका ग्राहकलाई आरुष हस्पिटलमा २५ प्रतिशत छुट

nespernesper

सिद्धार्थ बैंकका ग्राहकलाई आरुष हस्पिटलमा २५ प्रतिशत छुट

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

काठमाडौं- सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौंता भएको छ । बैंक र हस्पिटलबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

triton college

सम्झौताअनुसार बैंकका ग्राहकले हस्पिटलका विभिन्न शाखामा सेवामा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बताइएको छ ।

सम्झौतापत्रमा बैंकका ट्रान्जेक्सन बैंकिङ तथा इन्टरनेशनल बिजनेस प्रमुख जीतबहादुर अधिकारी र हस्पिटलका प्रमुख कार्यकारी अघिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका छन् ।

हस्पिटलले कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बरगाछी विराटनगरस्थित शाखा कार्यालयबाट सेवा उपलब्ध गराउँदै आएको छ ।

 

Metro Mart
vianet

प्रकाशित: Jul 18, 2024| 16:10 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्