सोमबार, पुस ७, २०८२

डेढ लाख नजिक पुगेको सुन सामान्य घट्यो

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार, मंगलबार र बुधबार लगातार तीन दिन उच्च रेकर्ड कायम गरेको सुनको भाउ आज भने सामान्य घटेको हो।

National life

बुधबार सुनको भाउ तोलामा दुई हजार रूपैयाँ बढेर प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ पुगेको थियो। यो मूल्य हालसम्मकै उच्च विन्दु हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १८ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 18, 2024| 12:00 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्