शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्यालेक्सी जेड फोल्ड–६ र जेड फ्लिप–६ को प्रि–अर्डर खुला

ग्यालेक्सी जेड फोल्ड–६ र जेड फ्लिप–६ को प्रि–अर्डर खुला

 |  बुधबार, साउन २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन २, २०८१

सामसङ नेपालले आधिकारिक रूपमा नयाँ ग्यालेक्सी जेड फोल्ड–६ र जेड फ्लिप–६ को प्रि–अर्डर सुरु भएको घोषणा गरेको छ।

बुधबार काठमाडौँ मेरियट होटेलमा आयोजित कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल शृंखला खतिवडाले ग्यालेक्सी जेड फोल्ड–६ र ग्यालेक्सी जेड फ्लिप–६ सिरिजको अनावरण गरेका थिए।

ग्यालेक्सी जेड फोल्ड–६ र फ्लिप–६, ग्यालेक्सी जेड सिरिजका अहिलेसम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन्। ग्यालेक्सी जेड फोल्ड–६ ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै प्राकृतिक बार–टाइप भिविङ एक्सपिरिएन्स प्रदान गर्ने कम्पनीको दाबी छ।

ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस–२ प्रयोग गरिएको छ, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ बनाएको दाबी गरिएको छ।

ग्यालेक्सी जेड फोल्ड–६ र फ्लिप–६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन्। ग्यालेक्सी जेड फोल्ड–६ ले ठुलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न एआई–सञ्चालित सुविधाहरू र उपकरणहरूको पहुँच प्रदान गर्दछ।

सामसङ र गुगलबीचको साझेदारीमा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्ण रूपमा एकीकृत भएको छ। जसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–संचालित असिस्टेन्ट उपलब्ध गराउँछ।

यसैगरी, लामो गेमिङ सेसनहरूको लागि ग्यालेक्सी जेड फोल्ड–६  १.६ गुणा ठूलो भेपर चेम्बरको साथ आउँछ । रे–ट्रेसिङले यसको ७.६ इन्च स्क्रिनमा जीवन्त ग्राफिक्सलाई सपोर्ट गर्दछ, जसले थप इमर्सिभ गेमिङ प्रदान गर्छ।

प्रकाशित: Jul 17, 2024| 18:32 बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्