आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर बजारमा उछाल: परिसूचकमा उच्च वृद्धि, १२ अर्बमाथिको कारोबार

सेयर बजारमा उछाल: परिसूचकमा उच्च वृद्धि, १२ अर्बमाथिको कारोबार

 |  बुधबार, साउन २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन २, २०८१

काठमाडौं- साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा पुगेको छ। 

National life

हिजो मंगलबार नेप्से परिसूचक ७० अंक बढीले बढेको थियो र ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। आज १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ।

सेन्ट्रल फाइनान्सको सेयर १० प्रतिशतले बढ्दा सिंगटी हाइड्रोपावरको ९.९७, आँखु खोला जलविद्युतको ९.९५, मन्दाकिनी हाइड्रोपावरको ९.९० र सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९.८७ प्रतिशतले बढ्यो।

सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.९० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सिंगटी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २३ करोड ५५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

प्रकाशित: Jul 17, 2024| 15:27 बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्