शनिबार, भदौ ६, २०८३

एकैदिन ७०.१८ अंकले बढ्यो सेयर बजार

 |  मंगलबार, साउन १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १, २०८१

काठमाडौं- मंगलबार सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ। ७०.१८ अंकले बढेर २३१० अंकमा कायम भएको छ।  मंगलबार कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन अघिल्लो दिनको तुलनामा ४० करोडले बढी हो।

अधिकांश कम्पनीको सेयर मूल्य मंगलबार बढेको छ। कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घटेको हो।

हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्दा बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढोत्तरी भएको छ।

प्रकाशित: Jul 16, 2024| 15:42 मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्