शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर बजारलाई सन्तुलित रुपमा अगाडि बढाउँछौं: अर्थमन्त्री पौडेल

सेयर बजारलाई सन्तुलित रुपमा अगाडि बढाउँछौं: अर्थमन्त्री पौडेल

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१
National life
Shivam cement

काठमाडौं- नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएकोले यसलाई सन्तुलित रुपमा अघि बढाउनुपर्ने बताएका छन्। सोमबार अर्थ मन्त्रालयमा पदभार सम्हाल्दै पौडेलले यस्तो बताएका हुन्।

उनले सेयर बजारलाई विगतमा जुवाघर भनेर टिप्पणी गर्दा अस्थिरता पैदा गरेको भन्दै अब सरकारले सन्तुलित रुपमा अगाडि बढाउने बताए। उनले अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरु रहेको भन्दै समस्या समाधानको लागि सबैसँग सहकार्य गरेर समस्या समाधान गरिने बताए। अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार अभिभावकको रुपमा अघि बढ्ने उनको भनाइ थियो।

उनले सरकारको सोच र कार्यक्रमहरु कार्यान्वयन गर्नको लागि कुनै पनि बजेट बाधक नबन्ने उल्लेख गरे।

प्रकाशित: Jul 15, 2024| 17:37 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्