मंगलबार, जेठ २७, २०८२

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको विजेता घोषित

 |  सोमबार, असार ३१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

vianetvianet

काठमाडौं- हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत १ जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो।

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्र मार्फत आज ११ बजे गरिएको थियो। सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन्।

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत, सुनसरी का ईन्द्र प्रसाद गुरागाईं, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रालि, हुन्डाइ बिर्तामोडका ग्राहकले हुन्डाई एक्सटर जितेका छन्।

प्रकाशित: Jul 15, 2024| 16:20 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्