शुक्रबार, पुस ४, २०८२

ओली सरकारमा आधा मन्त्री नयाँ

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ जना मन्त्रीको पनि सोमबार शपथ ग्रहण गराएका छन्। उनीसहितको २२ सदस्यीय वर्तमान मन्त्रिपरिषद्‌मा १० नयाँ अनुहार छन्।

National life

मन्त्रिपरिषद्‌मा चौथोपटक प्रधानमन्त्री रहेका ओली र पाँचपटक मन्त्री भइसकेका विष्णु पौडेलसहित पटक–पटक मन्त्री बनेका प्रकाशमान सिंहलगायत १२ पुराना अनुहार पनि छन्।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेका नयाँ अनुहार धेरै छन्। कांग्रेसको संस्थापन पक्षले सिफारिस गरेका मध्ये सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही नयाँ अनुहार हुन्।

संस्थाप नइतर समूहको सिफारिसमा मन्त्री बनेका चारैजना नयाँ अनुहार हुन्। कांग्रेस सहमहामन्त्री समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पहिलोपल्ट मन्त्री बनेका हुन्।

यसैगरी एमालेका तर्फबाट रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नयाँ अनुहार हुन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 15, 2024| 13:10 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्