आइतबार, भदौ २३, २०८१

nespernesper

सबै मन्त्रीले आजै शपथ लिँदै [सूचीसहित]

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेका मन्त्रीहरूको सूची टुंगो लागेको छ । नवनियुक्त प्रधानमन्त्री ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम शपथका लागि राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेको हो।

triton college

नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएका हुन्।

कांग्रेसबाट

प्रकाशमान सिंह- सहरी विकास
रमेश लेखक- गृह
आरजु राणा- परराष्ट्र
तेजुलाल चौधरी- युवा तथा खेलकुद
अजयकुमार चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला
दीपक खड्का- ऊर्जा
ऐनबहादुर शाही- वन तथा वातावरण
प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
बद्रीप्रसाद पाण्डे- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी- कृषि तथा पशुपन्छी

एमालेबाट

Metro Mart
vianet

विष्णु पौडेल- अर्थ
पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि
राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन
विद्या भट्टराई- शिक्षा, विज्ञान तथा प्रविधि
देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
दामोदार भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
मानवीर राई- रक्षा

जसपाबाट

प्रदीप यादव- खानेपानी
नवलकिशोर साह सुडी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

लोसपाबाट

शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
 

प्रकाशित: Jul 15, 2024| 11:46 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्