आइतबार, चैत २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्सले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरूलाई नेपालगन्ज र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।

National life

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रबन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरूलाई आ–आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरूले विशेष चनाखो भई आफ्नो र आफ्नो मातहतको अभिकर्ताहरूको लक्ष्य प्राप्तिमा विशेष जोड दिनुपर्ने बताए।

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरूलाई खत्रीले नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे।  खत्रीले नेपालको बिमा बजारमा बीमितहरुलाई सबै भन्दा बढी बोनस प्रदान गर्दै आएको कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल भएको बताए।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगंजमा लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरूलाई र महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए।

 

kumari

प्रकाशित: Jul 14, 2024| 12:20 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्