शुक्रबार, असोज ३, २०८२

एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

काठमाडौं- एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्छन्।

Kumaribank

एनसेल र फेसबुकको मातृसंस्था मेटाबीच एनसेलका ग्राहकलाई ब्यालेन्स विना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन समझदारी भएको छ।

एनसेलले मेटासँगको सहकार्यमा मंगलबारदेखि लागु हुने गरी दुई प्रोडक्टहरू फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको छ। विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक हुने विश्वास गरिएको छ।

एनसेलका अनुसार डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ। त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटो सहित फेसबुक पहुँच सुविधा पाउनेछन्। यी दुवै प्रोडक्टमा एनसेलको नीति अनुसार फेयर युसेज पोलिसी अर्थात उचित उपयोग नीति लागु हुनेछ।

यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुग्ने र सधैं अन क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकका मोबाइलमा केही आधारभूत सेवाहरू सुनिश्चित गर्ने विश्वास कम्पनीको छ।

Metro Mart

एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनले यस किसिमका सहकार्यले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण कदम हुने बताए।

डिस्कभर एन्ड्रोइड एप प्रयोग गरेर ग्राहकले एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुनेगरी इन्टरनेट चलाउन सकिन्छ। यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिने कम्पनीको भनाइ छ। टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो र अन्य प्रकारको धेरै डेटा खपत हुने सामग्री उपलब्ध नहुने कम्पनीले जनाएको छ।

स्वास्थ्य एवम् सुरक्षा सम्बन्धी विश्वासिलो जानकारीहरूमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरू बुकमार्क गरिएको छ।

फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नका लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्छन्।

ग्राहकले आफ्नो स्टाटस्, पोस्ट राख्ने, फोटोहरू हेर्ने र राख्ने जस्ता काम गर्न सक्छन्। ग्राहकहरूले डेटा खरिद गरेपछि उनीहरू स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किन्छन्।

 

प्रकाशित: Jul 14, 2024| 12:20 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्