सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • स्क्वायर मोटर्सले उद्घाटन गर्‍यो पोखरामा टीभीएसको नयाँ शोरूम

स्क्वायर मोटर्सले उद्घाटन गर्‍यो पोखरामा टीभीएसको नयाँ शोरूम

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

काठमाडौं- स्क्वायर मोटर्स प्राइवेट लिमिटेडले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ। बुधाबर आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पोखरा महानगर प्रमुख धनराज आचार्यले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए।

National life

स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटरका आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ।  त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ।

पोखरामा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध  गराउने प्रतिवद्धता स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोते र आदर्शमान श्रेष्ठले जनाएका थिए।

जगदम्बा मोटर्स प्रा.लि.नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चात्को उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 14, 2024| 12:19 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्