सोमबार, जेठ २६, २०८२

आइएमई मोटर्स ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश

 |  आइतबार, असार ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

vianetvianet

काठमाडौं-  नेपालमा मोटुल  लुब्रिकेन्ट बिक्री–वितरण सुरु भएको ६ महिनामै आईएमई इलेक्ट्रिक ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश हुन सफल भएको छ।

नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३  देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरेको थियो।

छोटो समयमै उत्कृष्ट बजार हिस्सा लिन सफल भए पछि आईएमई इलेक्ट्रिकले अन्तर्राष्ट्रिय स्तरको प्रशंसा प्राप्त गरेको कम्पनीको भनाइ छ। विश्वव्यापी रूपमा ‘सिन्थेटिक लुब्रिकेन्टको विशेषज्ञ’ को पहिचान कायम गरेको मोटुल फ्रेन्च कम्पनी हो, जसले पर्फमेन्स प्रोडक्टको उत्पादन र बजारीकरणका लागि विशेषज्ञता हासिल गरेको छ।

१५० वर्षभन्दा लामो समयदेखि मोटुल क्वालिटी, इनोभेसन र रेसिङका लागि पर्यायवाची बनेको छ। मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्रयाक्टर र इन्डस्ट्रियल सेक्टरका लागि हाइपर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउने कार्यमा विशेषज्ञ मानिन्छ।

मोटुल  इन्डियाले हालै चेक रिपब्लिकको प्रागमा आयोजना गरेको एलिट क्लब कन्फ्रेन्समा भारत, नेपाल, बंगलादेश र श्रीलंकाका टप पर्फमेन्स गरेका डिस्ट्रिब्युटर सहभागी थिए। सो अवसरमा नेपाली बजारमा उल्लेखनीय उपलब्धि हासिल गरे बापत मोटुल इन्डियाको सो प्रतिष्ठित एलिट क्लबमा आईएमई इलेक्ट्रिक समेत अन्य सहभागीका साथ संलग्न रह्यो।

National life insurance

उल्लेख्य बिक्री बढाए बापत डिस्ट्रिब्युटर तथा डिलरलाई मान्यता प्रदान गर्न सो कन्फ्रेन्स आयोजना गरिएको थियो। आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट बजारमा पारेको   प्रभावलाई  सो मान्यताले पुष्टि गरेको छ।

आईएमई मोटर्स तथा आईएमई इलेक्ट्रिकका सीईओ हेमन्त पुराणिकले मोटुल इन्डियाको प्रतिष्ठित एलिट क्लबमा समावेश भई सम्मानित  हुन सकेकोमा खुसी व्यक्त गरे। आईएमई इलेक्ट्रिकले नेपाली लुब्रिकेन्ट बजारमा मार्केट लिडर बन्ने क्रमलाई तीव्रता दिइरहेको  र यसका लागि मोटुलको रणनीतिक साझेदारी तथा ग्राहक सन्तुष्टिका लागि गरिएको कार्यलाई समेत  उनले धन्यवाद दिए। मोटुल इन्डियाका सीईओ नागेन्द्र पाईले ‘महत्त्वपूर्ण उपलब्धि सहित एलिट क्लबमा समावेश हुन सफल भएकोमा आईएमई इलेक्ट्रिक टिमलाई  बधाई दिए ।

 

प्रकाशित: Jul 14, 2024| 12:16 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्