शनिबार, जेठ १६, २०८३

हिरो स्प्लेन्डर मोटरसाइकलले दियो ९७ किमि माइलेज

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

काठमाडौं- हिरो स्प्लेन्डरको माइलेज टेष्ट सम्पन्न भएको छ। कम्पनीले गरेको माइलेज च्यालेन्ज क्याम्पेनमा ९७ किलोमिटर माथि प्रतिलिटर माइलेज प्राप्त गरेको जानकारी दिएको हो।

National life

हिरो सुपर स्प्लेन्डर माइलेज टेष्ट क्याम्प देशभर रहेका हिरो शोरुमहरुमा संचालन गरिएको कम्पनीले जनाएको छ। हिरो मोटोकर्पका इन्डियाका अध्यक्ष डा. बृजमोहन लाल मुञ्जालको १०० औँ जन्मजयन्ती समारोहलाई सम्मान गर्दै नेपालमा पनि माइलेज टेष्ट क्याम्पेन गरिएको सिजी मोटर्सले जनाएको छ।

सिजीले संचालन गरेको माइलेज टेष्टमा नेपालगन्जका विजेता जगदीश चौधरीले ९७.५४ किलोमिटर माइलेज पाएको कम्पनीको दावी छ। क्याम्पेनमा कावासोती शोरुमले गरेको कार्यक्रममा टिकाराम कँडेलले ९०.२७ किलोमिटर प्रतिलिटर माइलेज पाए।

हिरो बुटवलबाट विजेता कमल पन्थीले ९०.३२ किलोमिटर प्रतिलिटर माइलेज पाउँदा विराटनगरको क्याम्पेनबाट ८८.७८ किलोमिटर प्रतिलिटर माइलेज सहित उपेन्द्र मुखिया अगाडि रहे। असार २०८१ मा आयोजित यस माइलेज च्यालेन्जमा सुपर स्प्लेन्डरका लोयल ग्राहकहरूले वास्तविक संसारमा आफ्ना सवारी साधनहरूको इन्धन दक्षता परीक्षण गर्न सहभागी भएका थिए।

 

Shivam cement

प्रकाशित: Jul 14, 2024| 12:16 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्