बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सिटी एक्सप्रेस मनी ट्रान्सफर १८ औं वर्षमा प्रवेश

 |  आइतबार, असार ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ बसन्त पार गरेर १८ औं बर्षमा प्रवेश गरेको छ।  यही  १८ औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगडमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले आयोजित कार्यक्रममा  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

triton college

 सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ।  उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।

 

प्रकाशित: Jul 14, 2024| 12:15 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्