शनिबार, जेठ १६, २०८३

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

काठमाडौं- ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ। बैंकका अनुसार बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ।

National life

बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरूमा निक्षेप बढेको बैंकले जनाएको छ। निक्षेपका साथसाथै धेरै सूचकहरूमा अन्य बैंक तथा वित्तीय संस्थाहरूभन्दा अगाडि रहेको बैंकको दाबी छ।


वाणिज्य बैंकहरूको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आईएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत छ। ग्लोबल आईएमई बैंकको ५ सय अर्ब रुपैयाँभन्दा बढी निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिविम्ब नभई नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए।

‘निक्षेप रकम ५०० अर्ब रुपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो। यो उपलब्धिले उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै ग्राहकसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो,’ बज्राचार्यले भने, ‘यसले भविष्यमा बैंकिङ क्षेत्रमा थप नयाँ प्रविधिहरू भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वासनीय बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा दिनेछ।’

 

Shivam cement

प्रकाशित: Jul 14, 2024| 12:14 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्