आइतबार, भदौ २३, २०८१

nespernesper

सुनको मूल्यमा फेरि उच्च रेकर्ड

 |  शुक्रबार, असार २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २८, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- आज शुक्रबार सुनको भाउमा नयाँ रेकर्ड बनेको छ। यसअघि आइतबार बनेको उच्च मूल्यको रेकर्ड ६ दिनमा तोडिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तोकेको छ। यो अघिल्लो दिनको तुलनामा १८ सय महँगो हो। यसअघि गत आइतबार १ लाख ४५ हजार ४ सय रुपैयाँ मूल्यको रेकर्ड बनेको थियो।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९०० कायम भएको छ ।

प्रकाशित: Jul 12, 2024| 11:03 शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्