आइतबार, असोज २५, २०८३

नेप्से २९ अंकले बढ्यो, ६ महिनायताकै उच्च कारोबार

 |  बिहीबार, असार २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २७, २०८१

काठमाडौं‌- धितोपत्र दोस्रो बजारको मापक नेप्से परिसूचक बिहीबार २९.२१ अंकले बढेको छ। नेप्से १.३४ प्रतिशतले बढेर २२०४.६१ को विन्दुमा पुगेको हो।

बिहीबार १५४ कम्पनीको सेयर मूल्य बढेको छ। ७८ कम्पनीको सेयर मूल्य घट्दा १२ को स्थिर रह्यो। सबैभन्दा धेरै जीवन बिमा क्षेत्रको समूहगत परिसूचक ३.०६ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ समूहको समूहगत परिसूचक २.४२ प्रतिशतले बढेको छ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स र व्यापार क्षेत्रको समूहगत परिसूचक मात्रै घटेको छ। बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.५९ प्रतिशतले घटेको छ।

बिहीबार दुई करोड दुई लाख ३७ हजार ७८० कित्ता सेयर सात अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ। यो कारोबार करिब ६ महिनायताकै उच्च हो। यसअघि गत माघ ७ गते सात अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

प्रकाशित: Jul 11, 2024| 15:26 बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्