सोमबार, पुस ७, २०८२

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 |  बुधबार, असार २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार २६, २०८१

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

National life

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार एकसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४३ हजार चारसय रूपैयाँ कायम छ। सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज प्रतितोला १५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य एक हजार ८ सय ८५ रूपैयाँ कायम थियो। 

प्रकाशित: Jul 10, 2024| 11:22 बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्