आइतबार, चैत २९, २०८२

बजेट खर्च साढे १३ खर्ब, एकैदिन साढे ३५ अर्ब भुक्तानी

 |  मंगलबार, असार २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

काठमाडौं- सरकारी खाता बन्द हुनुअघि सोमबार सरकारले एकैदिन ३५ अर्ब ६१ करोड खर्च गरेको छ। योसँगै चालु आर्थिक वर्षको बजेट खर्च १३ खर्ब ५६ अर्ब पुगेको छ।

National life

यो अवधिमा ८ खर्ब ८८ अर्ब ५३ करोड कर र राजस्व संकलन भएको छ भने गैरकर शीर्षकमा १ खर्ब १ अर्ब ४३ करोड संकलन भएको छ । अनुदान शीर्षकमा २ अर्ब ७५ करोड संकलन भएको छ भने अन्य शीर्षकमा २३ अर्ब ९ करोड संकलन गरेको छ।

चालू खर्च शीर्षकमा ९ खर्ब ३३ अर्ब ८५ करोड भुक्तानी भएको छ। विकास खर्च १ खर्ब ७२ अर्ब ९ करोड छ।

सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिएको हो।

अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखा नियन्त्रक कार्यालयको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

kumari


 

प्रकाशित: Jul 09, 2024| 12:33 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्