सोमबार, पुस ७, २०८२

ग्लोबल आइएमई बैंक र नास-आईटीबीच सम्झौता

 |  सोमबार, असार २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार २४, २०८१

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

National life

सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका छन्।

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहकको रुपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्य प्रति उत्तदायी सस्थाको रुपमा रहेकोले यो सम्झौता अधि बढेको जानकारी गराउदैँ ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरुको बारेमा समेत बताए। यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुंगा सावित हुने कुरा पोखरेलले उल्लेख गरे।

७७ जिल्लाको ३५४ वटा शाखा कार्यालयहरुबाट भौतिक रुपमा बैंकिङ सुविधा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले आफ्नो मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल यूनिभर्स जस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ।

Laxmi sunrise bank
kumari

ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ। बैंक र नास–आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्धन, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवद्र्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ।

प्रकाशित: Jul 08, 2024| 17:01 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्