काठमाडौं- नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध गाडीको मूल्य समायोजन गरेको छ।
आर्थिक वर्ष ०८१/८२ मा आएको विद्युतीय सवारीसाधनमा लगाइने करमा परिवर्तनका कारण कम्पनीले नयाँ मूल्य समायोजन गरेको जानकारी दिएको छ।
समायोजनपछि बीवाईडी एट्टो ३ एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार, बीवाईडी एट्टो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ छ।
यसैगरी बीवाईडी डल्फिन ४१ लाख १५ हजार, बीवाईडी सिल डाइनामिक १ करोड १० लाख, बीवाईडी सिल प्रिमियम एक करोड ४५ लाख ६० हजार र बीवाईडी सिल पर्फमेन्स एक करोड ९५ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।