शनिबार, भदौ ६, २०८३

होन्डा कारको मनसुन सर्भिस क्याम्प सुरु

 |  शुक्रबार, असार २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २१, २०८१

होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प सुरु गरेको छ। सोमबारबाट धोबीघाटस्थित होन्डा सोरुममा सुरु भएको क्याम्प २१ गतेसम्म चल्नेछ।

पाँच दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एवं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणका साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण निःशुल्क रूपमा गराउन पाउनेछन्।

यसैगरी, गाडीको मर्मत–सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्टस्मा ७ प्रतिशत छुट, लेबर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ। साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसी रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। 

प्रकाशित: Jul 05, 2024| 13:06 शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्