बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेपाल लाइफको २१.०५ प्रतिशत लाभांश पारित

 |  शुक्रबार, असार २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २१, २०८१

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश पारित भएको छ ।

triton college

कम्पनीको मंगलबार सम्पन्न साधारण सभाले करसमेत २१.०५ प्रतिशत नगद लाभांश पारित गरेको हो।

पर्साको वीरगञ्जमा कम्पनीको दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त सभाले प्रस्तावित लाभांशलाई पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू समेत सभाबाट स्वीकृति गराएको छ ।

सभामा संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना सञ्चालक तथा एक जना स्वतन्त्र सञ्चालक रहने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सभाले सञ्चालक समितिलाई दिएको छ ।
 

Metro Mart
vianet

प्रकाशित: Jul 05, 2024| 12:57 शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्