शनिबार, भदौ ६, २०८३

काठमाडौं हिँडेको निशा मेलम्चीमा मृत फेला

 |  बिहीबार, असार १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार १३, २०८१

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ तालामाराङमा एक महिलाको शव फेला परेको छ।

बिहीबार अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

हेलम्बु गाउँपालिका–५ की तामाङको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।

परिवारसँग बुधबार काठमाडौं जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका–२ चिउरीखर्कस्थित खोला तर्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ। शव परीक्षणका लागि काठमाडौं पठाइएको छ।

प्रकाशित: Jun 27, 2024| 19:39 बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्