मंगलबार, पुस ८, २०८२

बैठकको समय ख्याल गर्दैनन् सांसद, मन्त्री कुरेको कुर्‍यै

 |  बिहीबार, असार १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार १३, २०८१

काठमाडौं- प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरु निर्धारित समयमा उपस्थित नहुँदा आजको बैठक एक घण्टापछि सुरु भयो।

National life

बैठकका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ भने ठिक समय (बिहान ७:३०) बजे समितिको सभाकक्ष, सिंहदरबारमा उपस्थित भएकी थिइन्।

निर्धारित समयमा २४ सदस्यीय समितिका सभापति अम्बरबहादुर थापासहित ६ जना सांसदमात्रै उपस्थित भएपछि बैठक सुरु हुन सकेन। ‘नेपाल विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको विधेयक’माथिको छलफलका लागि राखिएको बैठकमा १०:३० बजेपछि समितिका लागि शिक्षामन्त्री श्रेष्ठले आफ्नो अन्यत्र बैठक रहेकाले जान अनुमति माग्दा सभापति थापाले मन्त्री र सांसदहरुको समय मिलाउन आफूलाई हम्मेहम्मे पर्ने गरेको दुःखेसो गरे।

“म यो विधेयक छिटो पारित गरेर विद्यालय शिक्षासम्बन्धी विधेयकमा छलफलमा जाउँ भन्ने सोचेको हो तर सोचे जस्तो भइरहेको छैन’’, सभापति थापाले भने, “समयप्रति सबैले उत्तिकै चासो र गम्भीरता देखाउन आवश्यक छ ।’’
 समितिको आजको बैठकमा उक्त प्रस्तावित विश्वविद्यालयका लागि कुलपति प्रधानमन्त्री राख्ने नराख्ने, उपकुलपतिका अधिकार कसरी व्यवस्थित गर्ने भन्ने लगायत विवाद भएको थियो ।

उक्त विवादलाई आपसी छलफल गरेर सहमतिको खाका पेस गर्न समितिले सदस्य विद्या भट्टराईलाई जिम्मेवारी दिएको छ । राष्ट्रियसभाबाट पारित सो विधेयकको दफा २८ सम्म छलफल भएको छ ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jun 27, 2024| 12:26 बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्