आइतबार, असोज १३, २०८१

आज राति देशैभर भारी वर्षाको सम्भावना

 |  बुधबार, असार १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

काठमाडौं- बुधबार राति देशका सबै प्रदेशमा हल्कादेखि भारी वर्षको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। 

triton college

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोशी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

२४ घण्टाभित्र ५० मिलिमिटरभन्दा बढी र १०० मिलिमिटर भन्दा मुनि वर्षा भयो भने त्यसलाई भारी वर्षा भनिन्छ। आज राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना ६० प्रतिशत रहेको विभागले जनाएको छ। विभागले बिहीबार साँझ ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

सूचनामा भनिएको छ
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोसी र कर्णाली प्रदेशका केही स्थान साथै मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित: Jun 26, 2024| 20:53 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्