आइतबार, असोज २५, २०८३

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

 |  बुधबार, असार १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

बारा- जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार छ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन्।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार पाँच हजार आठ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार पाँच सय चार मेट्रिकटन उत्पादन भएको हो।

यसैगरी, आठ हजार ६ सय ३० हेक्टरमा गरिएको बर्खे मकैबाट ४९ हजार एक सय ९१ मेट्रिकटन उत्पादन भएको छ।

गत वर्ष किसानले हिउँदे मकै पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी ३७ हजार चार सय ४० मेट्रिकटन उत्पादन गरेका थिए।

गत वर्षको तुलनामा यस वर्ष अधिक जमिनमा खेती गरिएको भए पनि अपेक्षाकृत उत्पादन नभएको केन्द्रले जनाएको छ। रासस

प्रकाशित: Jun 26, 2024| 22:01 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्