मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भेडाबाख्रापालनमा कमी र बजार अभावले हराउन थाल्यो राडीपाखी बुन्ने चलन

भेडाबाख्रापालनमा कमी र बजार अभावले हराउन थाल्यो राडीपाखी बुन्ने चलन

 |  बुधबार, असार १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

मान्म- कालीकोटमा भेडाबाख्राको ऊनबाट राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा पुगेको छ। भेडाबाख्रापालनमा कमी आएसँगै राडीपाखी बुन्ने चलन पनि यहाँका बासिन्दाले बिस्तारै छाड्दै गएका हुन्।

National life

तिलागुफा नगरपालिका-५ फोइमहादेवका राजु कार्कीले समय बढी लाग्ने तर आम्दानी कम हुने भएपछि राडीपाखी बुन्ने चलन हराउन थालेको बताए। 'भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउन थालेको हो। भेडाबाख्राको ऊन उत्पादनमा धेरै समय लाग्छ। आम्दानी कम हुँदा राडीपाखी बुन्न चलन हराउन थालेको हो।'

एउटा राडीपाखी बुन्न दुई सातासम्म समय लाग्ने गरेको समय खर्चका हिसाबले खर्चिलो भएका कारणले राडीपाखी बुन्ने चलन हराउन थालेको नरहरिनाथ गाउँपालिका-५ रुप्साका दयाराम सहकारीले बताए।

'राडीपाखी, लिउ वा फेरुवा जे बेचे पनि एउटा बेचेबापत झन्डै एक हजार रूपैयाँभन्दा बढी फाइदा हुँदैन', उनले भने, 'एउटा राडीपाखी, लिउ फेरुवा तीन हजार पाँचसयदेखि चार हजार पाँचसय रूपैयाँसम्म बिक्री हुन्छ।'

अहिलेको रंगीन गलैँचा एक हजार पाँच सय रूपैयाँमा बजार पाउने गरेको र गाउँमा बनेका राडीपाखीको चार हजार पाँच सय रूपैयाँमा राडीपाखी बिक्री नहुँदा अहिले बजारको समस्या भएको पचालझरना गाउँपालिका-७ नानीकोटका रामबहादुर शाहीले बताए। 'पहिलापहिला धेरै भेडाबाख्रापालन गरेर त्यसैबाट राम्रो आम्दानी लिने चलन थियो', उनले भने, 'अहिले विगतका जस्तो भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउँदै गयो।'

Laxmi sunrise bank
kumari

भेडाबाख्रापालन व्यवसायमा कमी आएको पचालझरना गाउँपालिकाले अध्यक्ष देवजंग शाहीले जानकारी दिए। 'भेडाबाख्रा बहुउपयोगी पशुपालन हो। यसबाट कपडा र मासु पाइन्छ', उनले भने, 'भेडाबाख्रापालन व्यवसाय गर्ने किसानलाई प्राहोत्सनका लागि भत्ता व्यवस्था नगर्दा कमी आएको छ।' रासस

प्रकाशित: Jun 26, 2024| 21:01 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्