आइतबार, मंसिर २८, २०८२

सिंहदरबार छिर्ने पास साउनदेखि अनलाइनबाट

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

आगामी साउनदेखि सिंहदरबार प्रवेशको लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज हुने भएका छन्। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ अर्थात् आगामी साउनदेखि ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने निर्णय गरेको छ।

National life

६ असारमा बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज गरेर ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको छ। ई–गेटपास प्रणाली अनलाइनबाट सिंहदरबार छिर्ने गेट पास लिने प्रणाली हो। यसअनुसार अहिले फोन गरेर पनि माग्न सकिने सिंहदरबारको पास साउनदेखि अनलाइनबाटै लिनुपर्ने व्यवस्था हुने भएको छ।

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सर्वसाधारणहरू प्रवेश गर्न सम्बन्धित निकायले गेट पासको अनुमति दिनुपर्ने अवस्था छ। अहिले गृह मन्त्रालयले क्यूआर कोडसहितको गेट पासको व्यवस्था गरेको छ। ‘सिंहदरबार पास’ वेबसाइटमा गएर अकाउन्ट बनाउने र युजर आईडी र पासवर्ड राखेर पासका लागि अनलाइनबाट अनुरोध गर्ने प्रणाली बनाइएको छ।

गेट पास पाउन आधारभूत विवरण भर्नुपर्ने हुन्छ। आफू जाने निकायको नाम, मिति, समय लगायतकाको विवरण भरेर ‘सब्मिट’ गरेपछि एक दिन, तीन महिना वा अस्थायी ई गेटपासका अनुरोध गर्न सकिने व्यवस्था छ। ड्यासबोर्डमा आफूले अनुरोध गरेको पासको अवस्थाबारे जानकारी पाउन सकिन्छ। सम्बन्धित मन्त्रालयले पास स्वीकृत गरेपछि क्यूआर कोड पाइन्छ। सोही क्यूआर कोड सिंहदरबार गेटमा प्रवेश गर्दा देखाउनुपर्ने व्यवस्था छ।
 

प्रकाशित: Jun 25, 2024| 18:32 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्