मंगलबार, पुस ८, २०८२

पारिवारिक विवादमा बहिनीको हत्या गर्ने पक्राउ

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

पारिवारिक विवादका कारण आफ्नै बहिनीको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका एक युवक पक्राउ परेका छन्।

National life

पक्राउ पर्नेमा परोहा ८ नरकटीया गाउँका २२ वर्षीय दीपेन्द्र कुमार राम रहेको जिल्ला प्रहरीले जनाएको छ। उनीमाथि ज्यान सम्बन्धी कर्तव्य ज्यान मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको छ।

गत आइतबार बिहान ३ बजेर ४० मिनेटमा घरायसी विवादका कारण रिसमा दीपेन्द्रले आफ्नै बहिनी २० वर्षीय तेतरी कुमारी रामको टाउकोमा बाँसको मुँगडी प्रहार गरेका थिए। गम्भीर घाइते भएकी बहिनीलाई तत्कालै उपचारको लागि नारायणी अस्पताल वीरगन्ज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

मृतकको शव पोस्टमार्टम भएर पीडित परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 25, 2024| 09:40 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्