आइतबार, जेठ १७, २०८३

बलात्कार मुद्दामा रामबहादुर बम्जन दोषी ठहर

 |  सोमबार, असार १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१
National life
Shivam cement

काठमाडौं- अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जन दोषी ठहर भएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई दोषी ठहर गरेको हो।  उनीविरुद्ध सजाय निर्धारणका लागि १७ गते पेसी तोकिएको छ।  

न्यायाधीश जीवन भण्डारीको इजलासले बमजनलाई सोमबार दोषी ठहर गरेको हो ।  उनीमाथि आश्रममा बस्दा त्यहाँ काम गर्ने युवतीलाई शोषण गरेको आरोप छ। त्यसमध्ये केहीलाई बेपत्ता पारेको आरोप पनि उनीमाथि लागेको थियो।

बाराको एउटा जंगलमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेको पाइएपछि उनी एकाएक चर्चामा आएका थिए। उनीमाथि यौन शोषण, बलात्कार र आनीहरुलाई बेपत्ता बनाएको आरोप थियो।
 

प्रकाशित: Jun 24, 2024| 19:27 सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्