काठमाडौं- आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ।
सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता सहमतिमा पुगेको हो।
कर्मचारीहरूले उठाएकै मागअनुसार अतिरिक्त समय काम गरेबापत सेवा सुविधा बढाउने सहमति भएको छ। सहमतिअनुसार अब कर्मचारीका खाजा, आवास र शैक्षिक भत्ता वृद्धि हुनेछ।
कर्मचारीहरूले विभिन्न ११ बुँदे माग राख्दै गत जेठ २१ गतेदेखि आन्दोलन गरेका थिए। कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभा बैठकसमेत प्रभावित बन्न पुगेको थियो।