आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना दिउँसो १२ बजेदेखि सुरु हुने

कांग्रेसको सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना दिउँसो १२ बजेदेखि सुरु हुने

 |  आइतबार, असोज २५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०८३

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ भने

सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणना अपराहन्न १२ बजेदेखि शुर हुने भएको छ। 

निर्वाचन समितिका अनुसार सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला), केन्द्रीय सदस्य (महिला खुला), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना आज असोज २५ गते दिउँसो १२ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा सुरु हुनेछ।

समितिले सम्बन्धित पदका सबै उम्मेदवारलाई मतगणनाबारे जानकारी गराएको छ। सहमहामन्त्री पदका उम्मेदवारले दुई जना प्रतिनिधि राख्न पाउने व्यवस्था गरिएको छ। केन्द्रीय सदस्य पदका उम्मेदवारको हकमा भने उम्मेदवार स्वयं बाहेक प्रतिनिधि राख्ने व्यवस्था नभएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: Oct 11, 2026| 11:49 आइतबार, असोज २५, २०८३
प्रतिक्रिया दिनुहोस्