सोमबार, असार ३१, २०८१

अपांगताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर

 |  सोमबार, असार १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१

सुर्खेत- पार्वती गौतम शारीरिक रुपमा अपांग हुन्। उनको एउटा खुट्टाले काम गर्दैन। ४३ वर्षीया गौतमले जीवनमा धेरै संघर्ष र दुःख गरिन्। पार्वती अहिले सफल उद्यमी हुन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ मा व्यवसाय सञ्चालन गरिरहेकी उनी धेरैका लागि प्रेरणाको स्रोत बनेकी छिन्।

triton college

आमा मनमाया र बुबा देवनारायणको कोखबाट विसं २०३८ साल भदौ १ गते काभ्रेपलाञ्चोकमा जन्मिएकी उनी जन्मजात  अपांगता थिइन्। उनको बाल्यकाल गाउँमै बित्यो। सानैदेखि दुःखमा हुर्किएकी पार्वतीले कक्षा पाँचसम्म मात्रै अध्ययन गर्न पाइन्। शारीरिक अपांगता भएकै कारण पढ्न पाइनन्।

विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था थियो। त्यतिबेला अपांगता भएका व्यक्तिका लागि सहायक सामग्री उपलब्ध थिएन। 'सानोमा धेरै दुःख पाइयो', उनी भन्छिन्, 'मेरो पढाइप्रति कसैले चासो दिन्थेनन्, सबैले अपांगता भएको व्यक्ति पढ्न सक्दैन भन्थे तर मैले जसोतसो कक्षा पाँचसम्म पढेँ।'

गौतमको परिवार बसाइँ सरेर विसं २०५२ सालमा काठमाडौं गयो। पार्वतीका बुबाको सरकारी जागिर थियो तर एकजनाको जागिरले घरखर्च चलाउन कठिन हुन्थ्यो। आमाको सहयोगमा उनले सिलाइको काम सिकिन्। विवाह नगर्ने र आफ्नो सिलाइसम्बन्धी सीपले जिविका चलाउने सोच बनाएकी थिइन्। सिलाइको कामबाट आम्दानी गर्दासमेत समाजले उनको कामलाई प्रशंसाभन्दा गलत नजरले हेर्ने गर्दथे।

'पढ्छुभन्दा घरपरिवारले नमान्ने, केही काम गरेर खान्छुभन्दा समाजले नपत्याउने, मैले यो समाजका लागि केही गर्न सक्छु भन्ने सोच हुँदाहुँदै अपांगताप्रति हेर्ने गलत दृष्टिकोणका कारण धेरै संघर्ष र पीडादायी जीवन बाँच्नुपर्‍यो,' उनले विगत सुनाइन्।

Metro Mart
worldlink

जब सुर्खेतका योगेन्द्र पुरीसँग उनले विवाह गरिन्। त्यसपछि एकाएक उनको जीवनले नयाँ मोड लियो। अनाथलयमा हुर्किएका पुरीसँग विवाह गरेपछि एक्लै संघर्ष गरिरहेकी पार्वतीले श्रीमानको सहयोग पाइन्। पार्वती र उनका श्रीमान सुर्खेत आए। दुवै अपांगता भएका व्यक्ति भएपनि उनीहरुमा केही गर्न सक्छौँ भन्ने विश्वास कायम थियो। उनीहरुसँग न त कुनै सम्पत्ति थियो, न त बस्ने ठाउँ। उनीहरुले जीवनदेखि हार खाएनन्। पार्वतीले जब अपांगता परिचयपत्र पाइन् अनि केही संघसंस्थाहरुको सहयोगमा उद्यमशीलतासम्बन्धी सीप सिकिन्।

उनले सिलाइदेखि म:म बनाउने र पुष्टकारी चकलेट बनाउने जस्ता सीप सिकिन्। त्यसपछि व्यवसाय सञ्चालन गर्ने योजना बनाइन्। योजनाअनुसार व्यवसाय गर्न पैसा थिएन। 'सिकेको सीपअनुसार व्यवसाय गर्छु भनेर योजना बनाएँ तर मसँग व्यवसाय सुरु गर्ने पैसा थिएन, मैले सुर्खेतस्थित परिलक्षित संस्थाबाट सहयोग पाएँ,' उनले भनिन्।

अपांगताको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाले उनलाई आर्थिक सहयोग गरेपछि सिलाइसम्बन्धी व्यवसाय सुरु गरिन्। व्यवसायबाट आम्दानी हुन थाल्यो। पैसाको दुखमा अभाव भोगेका उनीहरुको जीवनमा नयाँ खुसी र उमंग आउन थाल्यो। त्यही व्यवसायको कमाइले उनीहरुले वीरेन्द्रनगरमा घर बनाए। अहिले उनी मासिक ५० हजार रूपैयाँभन्दा धेरै कमाउँछिन्। छोराछोरी पढाउने र घर चलाउनलाई कुनै समस्या छैन। 

उनले भनिन्, 'जीवनमा संघर्ष गर्नुपर्दो रहेछ, सफलता प्राप्त गर्न चुनौतीलाई सामना गर्नुपर्दो रहेछ।'

उनी अहिले सिलाइको कामसँगै म:म र आलु चिप्स उत्पादन गरिरहेकी छिन्। पार्वतीले पुष्टकारी उद्योग सञ्चालन गर्ने योजना बनाइरहेकी छिन्। त्यसका लागि उद्योग दर्ता गरिसकेकी छिन्।

'सुर्खेतमा अहिलेसम्म काहीँ पनि पुष्टकारी उत्पादन भएको छैन्,' उनले भनिन्, 'मैले यसको उत्पादनका लागि उद्योग दर्ता गरिसकेको छु, सुर्खेतबाट उत्पादन गरेर कर्णालीभर पुष्टकारी पठाउने योजना बनाएको छु।' रासस

प्रकाशित: Jun 24, 2024| 21:01 सोमबार, असार १०, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्