शुक्रबार, जेठ १५, २०८३

ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व संकलन

 |  शुक्रबार, जेठ १५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १५, २०८३
National life
Shivam cement

काठमाडौं- बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको २३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४४,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १८५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८१ जनालाई कारबाही गरिएको हो। 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८७, निषेधित क्षेत्रमा हर्न बजाउने ९१, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १११, एकतर्फी सडकमा सवारी चलाउने ९३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४२ जनालाई कारबाही गरिएको हो।

प्रकाशित: May 29, 2026| 11:06 शुक्रबार, जेठ १५, २०८३
प्रतिक्रिया दिनुहोस्