सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्री लामिछाने भन्छन्- सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ

गृहमन्त्री लामिछाने भन्छन्- सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ

 |  शुक्रबार, जेठ ३२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुशासन तथा गृह प्रशासन सुधारका क्षेत्रमा बलियो आधार तयार भएको बताएका छन्। ‘पछिल्लो सय दिनमा गृह मन्त्रालयले सम्पादन गरेका मुख्यमुख्य काम’का विवरण आज मन्त्रालयबाट सार्वजनिक गर्दै उनले यसबीचमा नीतिगत तथा कानुनी सुधार गरिएको र अब चाँडै नतिजा देखिने बताए। 

National life

उपप्रधानमन्त्री लामिछानेले पछिल्लो तीन महिनामा मन्त्रालयले नीतिगत तथा कानुनी प्रबन्ध मिलाउनाका साथै शान्तिसुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य काम भएको जानकारी दिए। उनले अध्यागमन प्रशासनमा देखिएका समस्या समाधान गर्दै आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिइने अध्यागमनका कर्मचारीको पहिचानका लागि एकै प्रकारको पोसाक लगाउनुपर्ने व्यवस्था मिलाइएको बताए।

गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको बहुआयामिक प्रयोगको व्यवस्था मिलाइएको जानकारी दिए। ‘राष्ट्रिय परिचयपत्रलाई ‘गेम चेन्जर’ कार्यक्रमका रुपमा अघि बढाइएको छ’, उनले भने, ‘विभिन्न निकायसँग अन्तरआबद्धता गरिएको छ, यसबाट सुशासन र नागरिक सेवामा ठूलो परिवर्तन आउनेछ।’

उपप्रधानमन्त्री लामिछानेले गृह प्रशासनलाई नागरिकमैत्री बनाउने उद्देश्यका साथ सिंहदरबारमा नागरिकको सहज पहुँचको व्यवस्था मिलाइएको जानकारी दिए। ‘सिंहदरबार सबै नागरिकका लागि खुला छ, सिंहदरबार पुहँचवालाको मात्र होइन, यहाँ सबै नागरिकको सहजै पहुँचको व्यवस्था मिलाइएको छ’, उनले भने, ‘आवश्यक काम परेका बेला अनलाइनबाट पास लिएर सहजै सिंहदरबार प्रवेश गर्न सकिनेछ।’

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले यसअवधिमा गृह प्रशासन सुधारका कार्य सम्पन्न भएको बताए। उनले नीतिगत तथा कानुनी सुधार थालिएको र सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै लगिएको स्पष्ट पारे। 

Shivam cement

प्रकाशित: Jun 14, 2024| 21:14 शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्