बुधबार, कात्तिक ७, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीलाई कांग्रेस सांसद खतिवडाको प्रश्न- भारत भ्रमणमा प्रोटोकल किन मिचेको ?

Siddartha premir insuranceSiddartha premir insurance

प्रधानमन्त्रीलाई कांग्रेस सांसद खतिवडाको प्रश्न- भारत भ्रमणमा प्रोटोकल किन मिचेको ?

 |  बुधबार, जेठ ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दा प्रोटोकलभन्दा बाहिरको मान्छे राखेको विषयमा प्रश्न गरेको छ।

triton college

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले यो प्रश्न उठाएका हुन्। उनले भने, 'प्रधानमन्त्री भारत भ्रमणमा रहँदा भारतका प्रधानमन्त्रीसँग भेट्दा प्रोटोकल बाहिरको मान्छे राखेको देखियो। त्यसको बारेमा उहाँले जवाफ दिनुपर्छ।'

उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा भएका छलफलको बारेमा संसद्‍मा जानकारी गराउन पनि माग राखेका छन्। 

भारतका नवनियुक्त प्रधानमन्त्री मोदीको शपथ ग्रहण कार्यक्रममा भाग लिन गत आइतबार नयाँ दिल्ली गएका प्रधानमन्त्री प्रचण्डले मोदीसँगग स‌ंक्षिप्त भेट गरेका थिए। भेटमा प्रचण्ड पुत्री गंगा दाहाल पनि सँगै थिइन्। यो तस्बिर सार्वजनिक भएपछि प्रधानमन्त्रीको आलोचना भइरहेको छ।

प्रकाशित: Jun 12, 2024| 12:41 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्