सोमबार, जेठ १८, २०८३

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

 |  सोमबार, जेठ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २८, २०८१

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।

National life

सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो।

प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले पक्षमा मतदान गरे।

उनको पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का २, राजीव गुरुङ (दीपक मनाङे) र माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेका नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटाले मतदान गरे।

प्रदेश सभामा माओवादी संसदीय दलमा रहेका देवकोटाले माओवादीको ह्विप विपरीत फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्। प्रस्तावको विपक्षमा नेकपा एमालेका २२ र माओवादीका ६ सांसदले हस्ताक्षर गरे।

Shivam cement

नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा ३ अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: Jun 10, 2024| 17:03 सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्