काठमाडौं- संघीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलीदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको हो। जस अनुसार शुक्रबार राति १२ बजेदेखि संसदको चालु अधिवेशनको अन्त्य हुने भएको छ। संघीय संसद्को चालु अधिवेशन गत बैशाख २८ गतेदेखि सुरु भएको थियो।
संबैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा अधिवेशन बोलाउने र अन्त्य गर्ने प्रावधान रहेको छ।