काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
राजदूत अर्न्स्टले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
हालै प्रधानमन्त्री शाहको अमेरिका भ्रमणका क्रममा उनले एक मात्र विदेशी राष्ट्र प्रमुख अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजसँग भेटवार्ता गरेका थिए।