शनिबार, जेठ ३, २०८२

मधेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश सिंह नियुक्त

 |  शुक्रबार, जेठ २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २५, २०८१

vianetvianet

काठमाडौं- जनमत पार्टीका नेता सतिश सिंह मधेश प्रदेशको मुख्‍यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार बिहान सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयउले जनाएको छ।

मुख्यमन्त्री सिंहले आज नै पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सिंहले शुक्रबार बिहान ६ दलका ५५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए। उनलाई जनमतसँगै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका सांसदले समर्थन गरेका हुन्।

६ दलले मन्त्रालयको पनि भागबन्डा गरेका छन्। एमालेको भागमा चार मन्त्रालय परेका छन्। भौतिक पूर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकूद तथा समाज कल्याण मन्त्रालय एमालेको भागमा परेका हुन्।

त्यस्तै, जनमतले मुख्यमन्त्री सहित वन तथा वातावरण मन्त्रालय पाएको छ। जनमतलाई थप एक मन्त्रालय पछि व्यवस्था गर्ने सहमति बनेको छ।

National life insurance

माओवादीको भागमा दुई मन्त्रालय परेका छन्। अर्थ र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय माओवादीले पाउने भएको छ। यस्तै, नेकपा (एकीकृत समाजवादी)ले भूमि व्यवस्था, कृषि तथा सहकारी र उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालाय पाउने भएको छ।

एक-एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात र नेपाल संघीय समाजवादीले गृह तथा सञ्‍चार मन्त्रालय पाउने सहमति भएको छ। मधेश प्रदेशमा ११ वटा मन्त्रालय छन्।

प्रकाशित: Jun 07, 2024| 11:54 शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्