बिहीबार, वैशाख ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेशमा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने जनमत पार्टीको निर्णय

मधेश प्रदेशमा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने जनमत पार्टीको निर्णय

 |  बिहीबार, जेठ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २४, २०८१

काठमाडौं- जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंहलाई अघि सार्ने निर्णय गरेको छ।

National life

सिंह सप्तरी २ ‘क’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। त्यसअघि उनी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष थिए।

मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सत्तारूढ दलबीच सहमति भइसकेको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सघाउने भएका छन्।

मधेश प्रदेशका संसदीय दलका नेता महेश यादव भए पनि जनमतले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। बुधबार प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सरकारको नेतृत्व गरिरहेका सरोजकुमार यादवले विश्वासको मत गुमाएका थिए।

यादव नेतृत्वको सरकार ढलेसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेश गर्न आह्वान गरेकी छन्।

kumari

 

प्रकाशित: Jun 06, 2024| 10:44 बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्