सोमबार, माघ २८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

केन्द्रमा भएको गठबन्धन परिवर्तनका कारण ढल्यो मधेश सरकार

 |  बुधबार, जेठ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २३, २०८१

ntc landingntc landing

काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव संसद्बाट विश्वासको मत पाउन असमर्थ भएका छन्। जसपा नेपालबाट मुख्यमन्त्री बनेका यादवले बुधवार प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेका हुन्।

himalayan bank box

प्रदेश सभामा उपस्थित रहेका कुल १०३ सांसदमध्येबाट यादवको पक्षमा ५० मत आयो भने उनको विपक्षमा ५३ मत परेको छ। यादवको विपक्षमा एमालेका २४ (सभामुखबाहेक), जनमत पार्टीको १३, माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ मत परेको हो।

संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद भने अनुपस्थित थिए। मुख्यमन्त्री यादवले पाएको मत उपस्थित संख्याको बहुमत नभएकाले उनले विश्वासको मत नपाएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका छन्।  

यसअघि चारपटक विश्वासको मत लिन सफल भएका उनी पाँचौपटक भने असफल भएका हुन्। केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै मधेशमा यादव अल्पमतमा परेका थिए। मधेशमा अब एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादसहितको सहयोगमा जनमत पार्टी नेतृत्वको सरकार बन्ने सम्भावना बढेको छ।
 

प्रकाशित: Jun 05, 2024| 20:26 बुधबार, जेठ २३, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्